पूर्वराष्ट्रपति भण्डारीले भोलि पत्रकार सम्मेलन गरि पछिल्लो राजनैतिक घटनाक्रम जानकारी गराउने

HTV Khabar ८ श्रावण २०८२, बिहीबार ०८:२९ मा प्रकाशित

काठमाडौं,  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भोलि (शुक्रबार) पत्रकार सम्मेलन आयोजना गर्ने भएकी छन्। शुक्रवार दिउँसो ३ बजे कार्की बैंन्क्वेटमा पत्रकार सम्मेलन आयोजना गरिएको उनी निकट एक नेताले जानकारी दिए।

ती नेताका अनुसार पार्टी केन्द्रीय कमिटी बैठकको निर्णयपछिको परिस्थितिबारे जानकारी गराउनेगरी पत्रकार सम्मेलन आयोजना गरिएको हो।

केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिमा आउनका लागि रोक लगाउने निर्णय गरेको थियो।  संविधान र पार्टी विधानका विभिन्न धारा देखाउँदै एमालेले उनको सदस्यता नवीकरण हुन नसक्ने निष्कर्ष निकालेको थियो।