गत अक्टोबर ७ देखि भएको इजरायल–हमास युद्धका कारण गाजामा मात्रै करिब २४ हजार प्यालेस्टिनी मारिएका छन्।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायल–हमास युद्ध सुरु भएदेखि गाजा पट्टीमा इजरायली आक्रमणबाट कम्तीमा २३ हजार ७०८ जना प्यालेस्टाइनी मारिएका छन्।
आक्रमणमा ६० हजार बढी घाइते भएका प्यालेस्टाइनी मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार करिब ७ हजार मानिस भग्नावशेषमुनि हराइरहेका छन्। यसरी हराएकाहरूको मृत्यु भएको अनुमान गरिएको छ।
यस्तै, विगत २४ घण्टामा मात्रै करिब १५१ प्यालेस्टिनीको मृत्यु भएको छ भने २४८ जना घाइते भएका छन् ।