चन्द्रागिरी -४ मा प्राथमिक अस्पताल शिलान्यास

सबिन पन्त 'पृथक' ३ माघ २०८०, बुधवार ०४:५० मा प्रकाशित

काठमाडौं,  चन्द्रागिरि नगरपालिका वडा नं ४ गोदामचोकमा निर्माण हुन गईरहेको १५ शैयाको प्राथमिक अस्पतालको चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले शिलान्यास गरेका छन्।


शिलान्यास कार्यक्रमका विशेष अतिथि नगर उपप्रमुख श्री बसन्ती श्रेष्ठ, अतिथि प्रमुख प्रशासकीय अधिकृत श्री हेमराज अर्याल, नगर प्रवक्ता श्री कृष्ण प्रसाद खड्गी, वडा नं १ देखी १५ नं सम्मका वडा अध्यक्षहरुलगायत नगर कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरु, राजनीतिक दलका प्रतिनिधिहरु, अस्पतालका सल्लाहकार, कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु र नगरवासीहरुको उपस्थिति रहेको थियो।


शिलान्यास कार्यक्रममा नगर प्रमुख, नगर उप-प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नगर प्रवक्ता, सामाजिक विकास समितिका संयोजक, अस्पताल सल्लाहकार, प्राथमिक अस्पताल थानकोटका मेडिकल अधिकृतले आ-आफ्नो धारणा व्यक्त गरेका थिए।


करिव २० करोड लागतमा निर्माण हुने उक्त प्राथमिक अस्पताल २४ महिनाभित्र निर्माण कार्यको सम्पन्न गर्नेगरी एम.ए कन्स्ट्रक्सन प्रा.लि.ले ठेक्का पाएको छ। शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख घनश्याम गिरीले अस्पताल समयमा निर्माण कार्य सम्पन्न हुने विश्वास व्यक्त गर्दै निर्माण कम्पनीलाई निर्देशन दिएका छन्।