जबरजस्ती करणी र ज्यान मार्ने उद्योग आरोपमा इन्स्पेक्टर पक्राउ

HTV Khabar २ भाद्र २०८२, मङ्गलबार ०७:४७ मा प्रकाशित

काठमाडौं, पूर्वपत्नीले बलात्कार र ज्यान मार्ने उद्योगमा उजुरी दिएपछि एक जना इन्स्पेक्टरलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ। पक्राउ पर्नेमा प्रहरी प्रधान कार्यालय, नक्सालको १ नम्बर गणमा कार्यरत इन्स्पेक्टर दिनेश गुरुङ छन्।

उनलाई अहिले जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ।उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट मंगलवार बलात्कार र ज्यान मार्ने उद्योगको कसुरमा पाँच दिनको म्याद थप भएको परिसरका एसपी तथा प्रवक्ता चक्रराज जोशीले बताए।

अहिले हिरासतमा रहेका इन्स्पेक्टर गुरुङले यसअघि सामाजिक सञ्जालमा आफू पूर्वपत्नीबाट पीडित भएको उल्लेख गरेका थिए। पूर्वपत्नी सँगै रहेकी छोरीसँग भेट्न जाँदा आफूमाथि अभद्र व्यवहार भएको दाबी उनको छ।