प्रधान सेनापति सिग्देलद्वारा थापालाई दर्ज्यानी चिह्न प्रदान

HTV Khabar ७ पौष २०८२, मङ्गलबार ०६:०७ मा प्रकाशित

काठमाडौं,  उपरथीमा पदोन्नति भएका प्रकाशराज थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

मंगलवार थापालाई प्रधानसेनापति अशोकराज सिग्देलले जंगी अड्डामा आज आयोजित एक कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

सोही कार्यक्रममा उनले सहायक रथीमा बढुवा भएका दुई जनालाई पनि दर्ज्यानी चिह्न प्रदान गरेको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।