महिला टी–ट्वान्टीमा नेपालले आज बहराइनसँग खेल्ने

HTV Khabar १५ भाद्र २०८०, शुक्रबार ०९:३० मा प्रकाशित

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज नेपालले बहराइनसँग खेल्दैछ। 

खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे क्वालालम्पुरमा सुरु हुनेछ । पहिलो खेलमा घरेलु टोली मलेसियालाई पराजित गरेको नेपाल लगातार दोस्रो जित दर्ता गर्ने योजनामा रहेको छ। 

नेपालभन्दा बहराइन तुलनात्मकरूपमा कमजोर टिम हो। आजको खेल जित्दै नेपाल सेमिफाइनलको सम्भावनालाई बलियो बनाउने लक्ष्यमा रहेको छ। 

यस्तै, पहिलो खेलमा कतारलाई पराजित गरेको बहराइन पनि लगातार दोस्रो जितको खोजीमा रहने छ।

नेपालले आगामी आईतवार भुटान, मंगलवार कतार र बुधवार यूएईसँग खेल्नेछ। 

प्रतियोगितामा ११ राष्ट्रको सहभागिता रहेको छ। सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ। 

समूह ए मा नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र यूएई छन् भने समूह बी मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन्। 

फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी-ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन्।