काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्या भण्डारीको भाषण नै नसुनी हिँडेका छन्।
मदन भण्डारीको जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो भाषण अगाडि नै गरेर हिँडेका हुन्।
उक्त कार्यक्रममार्फत पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किने घोषणा गर्ने भनिएको छ। तर साँझ स्पेन प्रस्थान गर्ने कार्यक्रमलाई देखाएर ओलीले भण्डारीको भाषण नै नसुनी हिँडेका छन्।
‘अहिले पाँच बजे एयरपोर्ट पुग्नुपर्ने छ। सम्माननीय पूर्व राष्ट्रपति ज्युले मेरा पनि कुरा सुन्नुहोस् न भन्नुहुन्थ्यो,’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईँ राम्रो बोल्नुहुन्छ भन्ने मलाई थाहा छ। उहिल्यै देखि सुन्दै आएको।’ आज मात्रै सुन्नुपर्ने अवस्था भए बस्नुपर्ने हुने भए पनि त्यसो नभएको उनले बताए ।‘अब आज मात्रै सुन्नुपर्ने होइन, उहिल्यैदेखि सुन्दै आएकै हो। त्यस कारण सुन्दै आएको छु राम्रै छ।'