२५ साउनदेखि दर्शक माझ आउनलागेको ‘नालापानी’ को नयाँ ट्रेलर सार्वजनिक

सबिन पन्त 'पृथक' ७ श्रावण २०८१, सोमबार ०२:४४ मा प्रकाशित

काठमाडौं,  नेपालको राजनैतिक कालखण्डको वास्तविक चित्रण गरिएको ऐतिहासिक चलचित्र नालापानी साउन २५ गतेदेखि देशव्यापी दर्शक माझ प्रदर्शनमा आउँदै छ। प्रदर्शनको तयारी संगसंगै यसको नयाँ ट्रेलर पनि सार्वजनिक गरिएको छ।

फिल्मका लेखक तथा निर्देशक रिमेश अधिकारीका अनुसार यसअघि साउन १८ का लागि प्रदर्शन निर्धारण गरिएको यो फिल्म विद्यार्थीहरुलाई लक्षित गर्दै साउन २५ मा प्रदर्शन गर्न लागिएको हो। आज साउनको पहिलो सोमवार फिल्मको ट्रेलर सार्वजनिक गरिएसँगै यसको प्रचार प्रसार तिब्र पारिएको निर्देशक अधिकारीले एचटिभी खबरलाई बताएका छन्।

निर्देशक अधिकारी भन्छन्- ‘नालापानी सम्पूर्ण नेपालीको विरताको गाथा र गर्व गर्ने ईतिहास बोकेको हो चलचित्र हो। यसले नेपाली विरहरुको बहादुरिता बोल्ने छ र देशप्रेम बढाउने पुर्खाको योगदान र बलिदान बुझाउने छ। लामो समय र ठूलो लगानी खर्चिएको यो चलचित्र बनाउनुको एउटै उदेश्य ईतिहास दस्तावेजीकरण गरेर आउँदा भावी पुस्तालाई ईतिहास जान्न बुझ्न सजिलो बनाइदिने छ।’

रिमेश अधिकारी फिल्म प्रोडक्सन प्रालि, वीर गोर्खाली फिल्मस गंगानारायण फिल्मस र बिजिबी इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मका निर्माता गणेश कार्की हुन् भने कार्यकारी निर्माता घनेन्द्र थपलिया, सहनिर्माता सपन थापा र निर्माता मनोज शाक्य हुन्।

यो फिल्ममा अर्जुन जंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, दयाराम दाहाल, पुजना प्रधान, मनोज शाक्य, विशाल पहारी, अच्युत गजुरेल, हिक्मत थपलिया, जनक बर्तौला, सरिता राजोपाध्याय, गीत बिष्ट, साहिना भट्टराई, गीता अधिकारी, सुवास गजुरेल, सुवर्ण थापालगायतले गरेको जीवन्त अभिनय हेर्न पाईने निर्देशक अधिकारीले बताए।

नालापानीमा रामशरण उप्रेतीको छायांकन, रोशन श्रेष्ठको द्वन्द निर्देशन, कविराज गहतराजको नृत्य निर्देशन छ। चलचित्र भिएफएक्स अचुत गजुरेल, सम्पादक बिपिन मल्ल, लेखन रिमेश अधिकारी र कृष्ण आचार्य तथा निर्माता र निर्देशकमा रिमेश अधिकारी रहेका  छन्।https://youtu.be/ZZTrz19q_vA?si=IeTYxlRykDCrth-Yhttps://youtu.be/ZZTrz19q_vA?si=IeTYxlRykDCrth-Y