घरेलु क्रिकेटबाट ज्योतीले लिइन् सन्यास

HTV Khabar १९ पौष २०८०, बिहीबार ०७:४७ मा प्रकाशित
काठमाडौं, ज्योती पाण्डेले घरेलु तथा राष्ट्रिय टिमबाट सन्यास लिएकी छन्। प्रधानमन्त्री कप महिला टी–२० कपमा सशस्त्र प्रहरी क्लब च्याम्पियन भएपछि ज्योतीले क्रिकेटबाट सन्यासको घोषणा गरेकी हुन्।


उनले सन् २०१६ मा नेपालको लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेकी थिइन्। अन्तिम पटक २०२१ मा कतारविरुद्ध खेलेकी थिइन्। उनी सशस्त्र प्रहरी टिमको महिला क्रिकेट टिमकी नियमित सदस्य थिइन्।