काठमाडौं, नेसनल प्याब्सन काठमाडौं जिल्ला समितिद्वारा पूर्व प्राथमिक तथा प्राथमिक तहका शिक्षकहरुको लागि एकदिने तालीम आयोजना गरिएको छ।
नेसनल प्याब्सनका संस्थापक अध्यक्ष तथा पूर्व संविधानसभाका सदस्य गीता क्षेत्री राणाको प्रमुख आतिथ्यता र नेसनल प्याब्सन जिल्ला समिति काठमाडौं अध्यक्ष होमबहादुर (मनोज) अधिकारीको अध्यक्षतामा टेक्सास कलेजमा आयोजित तालीम कार्यक्रममा ४० विद्यालयका ३२७ जना पूर्व प्राथमिक र प्राथमिक तहका शिक्षकहरुले सहभागिता जनाएका थिए।
कार्यक्रममा नेसनल प्याब्सन केन्द्रीय समितिका पूर्वअध्यक्ष रितुराज सापकोटा, नेसनल प्याब्सन केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष सूर्यबहादुर अधिकारी, महासचिव प्रतापबहादुर थापा, उपाध्यक्ष कुमार भट्ट्राराई, उपाध्यक्ष धर्मराज रेग्मी, केन्द्रीय सदस्य राजेस्वर तिवारी, टेक्सास कलेजका प्राचार्य श्याम सुन्दर श्रेष्ठ, कार्यक्रम निर्देशक नारायण पोखरेल, प्रशिक्षक अशोक कुमार दाहाल, जिल्ला समिति पदाधिकारी कोषाध्यक्ष विजय न्यौपाने, सहसचिव प्रकाश अधिकारी, सह कोषाध्यक्ष हेमन्त श्रेष्ठ, सदस्य राम प्रसाद काफ्ले र बूढानीलकण्ठ नगर समिति अध्यक्ष सुदिप काफ्ले, नगर समिति पदाधिकारी तथा विद्यालयका प्राचार्यहरुको उपस्थिति रहेको थियो।
ब्रिलियन्ट पब्लिकेसन्स तथा ड्रिष्ट्रिब्युटर र टेक्सास कलेजको सहकार्य रहेको तालीम कार्यक्रममा कक्षा कोठा व्यवस्थापन, विद्यार्थीको बानी व्यवस्थापन, प्रभावकारी शिक्षण सिकाई विधि, माईक्रो टिचिङ र सीप सिकाई कार्यशाला आयोजना गरिएको अध्यक्ष होमबहादुर (मनोज) अधिकारले एचटिभी खबरलाई बताए।