काठमाडौं, रिलायन्स इन्टरनेसनल एकेडेमीको २१ औँ वार्षिक अभिभावक दिवस आज फागुन १९ गते शनिवार सम्पन्न भएको छ।
रिलायन्स शैक्षिक प्रतिष्ठानका अध्यक्ष रविन्द्र जङ्ग थापाको सभापतित्व र संस्कृत तथा संस्कृतिविद् तथा आध्यात्मिक चिन्तक डा.चिन्तामणिनाथ योगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक खेमलाल भुसालले विद्यालयको सफलता र भावि योजनाबारे प्रष्ट पारेका थिए। निकै भव्य र सभ्य रुपमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले ४० भन्दा बढी सांस्कृतिक कार्यक्रम, नाटक र योग प्रस्तुति मार्फत् अभिभावक तथा अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए। कार्यक्रममा सामाजिक तथा शैक्षिक व्यक्तित्वहरु, स्थानीय महिला समूहका प्रतिनिधि एवं विभिन्न शैक्षिक संस्थाका प्रधानाध्यापकहरुकोे उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा.चिन्तामणिनाथ योगीले सनातन संस्कृतिलाई कहिल्यै नबिर्सिकन बालबालिकालाई पनि सनातन संस्कृतिबारे शिक्षा दिनु पर्ने बताए। संस्कारयुक्त शिक्षा प्राप्त गरेका बालबालिकाले संसारकै असल नागरिक कसरी बन्ने भन्ने सिक्ने छन् भन्दै रिलायन्सको औपचारिक कार्यक्रमको सुरुवात ध्यानबाट गर्ने प्रक्रियाबाट प्रभावित भएको उनले बताए।
कार्यक्रममा बोल्दै रिलायन्स शैक्षिक प्रतिष्ठानका अध्यक्ष श्री रविन्द्रजंग थापाले विद्यार्थीको आन्तरिक प्रतिभाको प्रष्फुटन गराउन विद्यालयले यस्ता कार्यक्रमहरू आयोजना गर्नु अनुकरणीय र प्रशंसनीय भएको उल्लेख गर्दै संस्कारयुक्त आधुनिक शिक्षा दिन रिलायन्स इन्टरनेसनल एकेडेमी अगाडि बढेकोमा प्रशंसा व्यक्त गरे।
कार्यक्रममा प्रमुख अतिथि एवम् विशेष अतिथिहरूलाई विद्यालयका प्रिन्सिपल खेमलाल भुसाल र कार्यक्रमका सभापति एवम् प्रतिष्ठानका अध्यक्ष रविन्द्रजंग थापाले मायाको चिनो प्रदान गरेका थिए।