क्यानडाविरुद्ध कुशल भुर्तेलले बनाए अर्धशतक

HTV Khabar २५ माघ २०८०, बिहीबार ११:२६ मा प्रकाशित

काठमाडौं, क्यानडाविरुद्धको ओडीआई सिरिजको पहिलो खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन्।


विहिवार कीर्तिपुरस्थित त्रिवि मैदानमा क्याडनाविरूद्धको पहिलो एकदिवसीय खेलमा कुशलले अर्धशतक प्रहार गरेका हुन्।टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि उनले ४४ बलमा अर्धशतक पूरा गर्ने क्रममा ८ चौका र १ छक्का प्रहार गरे।


उनले अर्धशतक हिर्काउँदा नेपालले १३.४ ओभरमा १ विकेटको क्षतिमा ७१ रन जोडेको स्थिति थियो।कुशलले एकदिवसीय खेलमा ४७ खेलमा एक हजार रन पूरा गरिसकेका छन् भने एक शतक प्रहार गरेका छन्।


उनका ओपनिङ पार्टनर आसिफ शेख ८ रनमै आउट भए। दशौं ओभरमा आउट भएका उनले १२ बलमा १ चौका हिर्काए।यस्तै कुशलले अर्धशतक प्रहार गरे लगत्तै कप्तान रोहित पौडेल पनि ८ रनमै आउट हुँदा नेपालले दोस्रो विकेट गुमाएको छ।