काठमाडौं, नेपाल प्रहरी श्रीमती संघकाेको आयोजनामा जनचेतनामूलक कार्यक्रम अन्तर्गत कानुनी परामर्श तथा सचेतना कक्षा सम्पन्न भएकाे छ।
नेपाल पुलिस स्कुल साँगा काभ्रेमा मंसिर ०८ गते संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर लगायत संघका पदाधिकारीहरु, कानूनी परामर्शदाता र सल्लाहकारको उपस्थितिमा कानुनी परामर्श तथा सचेतना कक्षा सम्पन्न भएकाे हो।
विद्यालयका सह-प्रधानाध्यापक नवराज बस्नेतद्वारा संचालित उक्त कार्यक्रममा समादेशक प्र.ना.उ. निरन्जन दत्त भट्टले स्वागत मन्तब्य राखेका थिए। संघका कानूनी सल्लाहकार अधिवक्ता राधिका खतिवडाले बाल अधिकार सम्वन्धी जानकारी (सचेतना) प्रदान गरेकी थिइन्।
बद्लिदो परिवेश अनुसार व्यवसायिक र प्राविधियुक्त शिक्षक सिकाईमा जोड दिनुपर्ने धारणा राख्दै संघकी अध्यक्ष लक्ष्मी कुँवरले विद्यालयले उपलब्ध गराएको समय, स्थानको लागि धन्यवाद दिएकी थिइन्।
प्रधानाध्यापक मोहन पौडेलले कार्यक्रमको अन्त्यमा संघले आवश्यक जनचेतनामूलक कार्यक्रम कानुनी परामर्श तथा सचेतना कक्षा आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए।