रवीन्द्र ढाटलाई दुईलाख नगदसहित काठमाडौं महानगरको सम्मान

HTV Khabar २८ श्रावण २०८२, बुधवार ०७:०४ मा प्रकाशित

काठमाडौं,  काठमाडौं महानगरपालिकाले भारतमा भएको ‘म्याट्रिक्स फाइट नाइट’ १७ (एमएफएन) मा बेन्टामवेट च्याम्पियन रवीन्द्र ढाट ‘बझांगी बाघ’ लाई सम्मान गरेको छ।

महानगरका तर्फबाट मेयर बालेन्द्र शाहले ढाँटलाई दुईलाख नगदसहित सम्मानित गरेको हो।

भारतका चोंगरेंग कोरेनलाई पराजित गर्दै एमएफएन–१७ मा उनी च्याम्पियन बनेका थिए। नोएडामा भएको फाइनलमा त्यहाँका नम्बर वान चेग्रोन कोरेनलाई तेस्रो राउन्डमा नकआउट गरेका थिए।

उनी एसिया प्रशान्त क्षेत्रमा २२८ स्थानमा रहेका एमएमए फाइटर हुन्। रवीन्द्रले ‘लक एन्ड रोल’ एमएमए नेपाल टिमबाट प्रतियोगितामा सहभागिता जनाएका थिए।