सुनको मूल्यमा रेकर्ड ब्रेक, डेढ लाख नाघ्यो!

HTV Khabar २९ श्रावण २०८१, मङ्गलबार ११:१८ मा प्रकाशित

काठमाडौं, नेपाली बजारमा मूल्य हाल सम्मकै उच्च भएको छ। आज सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले बढेर हालसम्मकै उच्च भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन सुनको मूल्य तोलाको १ लाख ४८ हजार ७०० रुपैयाँमा कायम थियो।यसैगरी, आज चाँदी तोलाको १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ।