काठमाडौं, प्रहरी प्रभाग बूढानीलकण्ठ सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजना र नेपाल अटो मेकानिक ट्रेड युनियनको सहकार्यमा बुढानीलकण्ठ मन्दिर परिसरमा जनचेतनामूलक सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको प्रमुख उद्देश्य समाजमा स्वच्छता र वातावरणीय सचेतना फैलाउनु रहेको सहकार्यकर्ताको तर्फबाट सरोज श्रेष्ठले बताए।
नेपाल प्रहरीको योगदानको प्रशंसा गर्दै उनले भने, हरपल समाजका लागि खटिने नेपाल प्रहरीलाई उच्च सम्मान व्यक्त गर्दछु। साथै हाम्रो स्वच्छता अभियानलाई साथ, सहयोग हौसलाका जोडिनु भएका सम्पुर्णमा धन्यवाद ज्ञापन गर्दछु।
कार्यक्रममा स्थानीय नागरिक, प्रहरी कर्मचारी र अटो मेकानिक ट्रेड युनियनका सदस्यहरूले सामूहिक रूपमा सरसफाइमा कार्यमा सहभागी भएका थिए। यस अभियानले बुढानीलकण्ठ क्षेत्रको स्वच्छता र नागरिक सचेतनामा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा बुढानीलकण्ठका स्थानीय समुदायका प्रतिनिधि र प्रहरी अधिकारीहरूले पनि उपस्थित भएर सरसफाइ अभियानमा सहभागिता जनाएका थिए।