काठमाडौं, महालक्ष्मी विकास बैंकले मुलुकमा हालै भएको आन्दोलनको क्रममा भएको आगजानी तथा तोडफोडको कारणले क्षतिग्रस्त भएको प्रहरी वृत दरबारमार्ग, काठमाडौंको भवन पुर्ननिर्माणमा आर्थिक सहयोग गरेको छ।
दरबारमार्गमा रहेको उक्त प्रहरी कार्यालयमा न्यूनत्तम प्रशासनिक कार्यहरु गर्न कठिनाई भएकोले तत्कालको लागि कार्यालय भवनको मर्मत तथा अन्य सिभिल कार्यहरु गर्न आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ।
यस कार्यबाट प्रहरी वृत्त दरबारमार्गमा भईरहेको पुर्ननिर्माण तथा मर्मत सम्भार कार्य छिटो सम्पन्न हुने तथा यस सहयोगबाट पुर्ननिर्माण तथा मर्मत सम्भारको प्रयासमा एक ईटा थप हुने विश्वास बैंकले लिएको छ।
साथै बैंकको सम्पूर्ण सेवाहरु पुर्ण रुपमा सञ्चालनमा आईसकेको तथा डिजिटल बैकिङ्ग सेवाहरु सुरक्षित रुपमा सञ्चालन भईरहेको जनाइएको छ।