कांग्रेस महामन्त्री थापाले महासमितिमा प्रस्तुत गरेको प्रतिवेदन यस्तो छ

HTV Khabar ८ फाल्गुन २०८०, मङ्गलबार ०६:५२ मा प्रकाशित

काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महासमिति बैठकमा आफ्नो सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन्।


मंगलबार ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा उनले सांगठनिक प्रस्ताव पेश गरे। महासमिति बैठकमा योसँगै पाँच वटा प्रस्ताव पेश भएका छन्।


सांगठनिक प्रस्ताव पेश गर्दा अब नेपाली कांग्रेसले एक्लै चुनाव लड्ने उनले बताएका छन्। एक्लै चुनाव लड्ने र रूखमा मात्रै मत हाल्ने सुनिश्चितताको कुरा उनले प्रस्तावमा उल्लेख गरेका छन्।