काठमाडौं, एनआईसी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले राजीनामा दिएका छन्। नियामक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेपछि अग्रवालले अध्यक्ष पदबाट राजीनामा दिएका हुन्।
यसो त बैंकको सञ्चालक समितिका अध्यक्ष अग्रवाल र तत्कालीन सिइओ रोशन न्यौपानेलाई राष्ट्र बैंकले यसअघि नै कारबाही गरेको थियो। न्यौपाने यसअघि नै बैंकबाट बाहिरिसकेका छन्। अग्रवालले भने राष्ट्र बैंकले कारबाही पत्र दिएपछि राजीनामा दिएको बुझिएको छ।
अध्यक्ष र न्यौपानेलाई राष्ट्र बैंकले कारबाहीस्वरुप २/२ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो। कारबाहीको पत्र बैंकले पुस ४ गते बुझेको थियो। अग्रवालको राजीनामा बैंकको आईतवार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ।