काठमाडौं महानगरपालिकाले पालिका भित्रका विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न नदिने भएको छ।
महानगरभित्र सञ्चालित केही विद्यालयमा शिक्षा ऐन तथा नियमावली विपरीत राजनीतिक गतिनिधि भएकोले उप्रान्त यसो गर्न नदिन महानगरले निर्देशन दिएको छ।
विद्यालयभित्र दलका मातृ संघ, संगठनहरूले राजनीतिक कार्यक्रम गरेको प्रमाणसहित उजुरी परेकोले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको काठमाडौं महानगरले जारी गरेको निर्देशनमा भनिएको छ।
जारी निर्देशन पश्चात् विद्यालय हाताभित्र राजनीतिक दल र तिनका भातृ संगठनहरूका कार्यक्रम गर्न नदिन काठमाडौं महानगरले निर्देशन दिएको छ।
यद्यपि अनुगमनका क्रममा विद्यालयभित्र यस्ता कार्यक्रमको आयोजना तथा सञ्चालन गरेको पाइएमा प्रधानाध्यापकलाई विभागीय कारबाही गर्ने चेतावनी दिइएको छ।