काठमाडौं, नेपालको पर्यटन राजधानी पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आज सोमवारदेखि नियमित उडान (सेड्युल फ्लाइट) सुरु हुँदैछ।
यस विमानस्थलमा हिमालय एयरलाइन्सले चीनको ल्हासाका लागि नियमित उडान गर्न लागेको हो। यसअघि सिचुआन एयरलाइन्सले नियमित चार्टर उडान थालेको छ। नियमित उडान गर्नेमा हिमालय पहिलो वायुसेवा कम्पनी बन्दैछ।
कम्पनीका अनुसार हिमालयको नियमित उडानको जहाज सोमवार पोखरा अवतरण गर्ने छ। पोखराबाट ल्हासा भने मंगलवार मात्र उड्ने छ। यस रुटमा हिमालयले सातामा एक उडान गर्ने छ। यात्रु चाप बढ्दै जाँदा उडान थप हुने जनाइएको छ।