काङ्ग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै

HTV Khabar ६ वैशाख २०८३, सोमबार ०९:१८ मा प्रकाशित

काठमाडौं,  नेपाली काङ्ग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ।ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो।

समितिका सचिव दिनेश थापामगरका अनुसार पार्टीको आन्तरिक अनुशासन र सांगठनिक मर्यादाका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो। बैठकमा समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशानुसार जानकारी गराइएको छ।