बारा, बाराबाट प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका घर भएका २१ वर्षीय सुवास मोक्तान र ३० वर्षीय देवराज स्याङताङ छन्।
बुधवार बिहान पौने २ मा पथलैया चोकमा उनीहरु सवार मोटरसाइकल चेकजाँच गर्दा ९ केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
आरोपीहरु बागमती प्रदेश–०२–०२९ प १६०९ नम्बरको मोटरसाइकलमा सवार थिए। उनीहरुको साथबाट प्रहरीले साढे ४ किलो दरका दुईवटा गाँजाको प्याकेट बरामद गरेको हो। आरोपीहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।