नयाँ सरकारका मन्त्रीहरू

HTV Khabar ३२ असार २०८१, सोमबार ०३:४५ मा प्रकाशित

काठमाडौ, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा २२ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ।

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा आईतवार प्रधानमन्त्री नियुक्त भएका ओलीको मन्त्रिपरिषदले सोमवार पूर्णता पाएको हो।

नवनियुक्त प्रधानमन्त्री ओलीले सोमबार बिहान शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका छन्। त्यसपछि दुई उपप्रधानमन्त्री– नेपाली कांग्रेसका प्रकाशमान सिंह र नेकपा (एमाले) का विष्णु पौडेलले पनि राष्ट्रपतिबाट शपथ लिएका थिए।

त्यसपछि कांग्रेस, एमाले, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका तर्फबाट गरी १९ जना मन्त्रीहरूको शपथ गराइएको थियो । ओली नेतृत्वको मन्त्रिपरिषदमा कांग्रेसका १०, एमालेका ८, जनता समाजवादीका २ र लोसपाका १ जना मन्त्री बनेका छन्।
१. केपी शर्मा ओली, प्रधानमन्त्री
२. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास
३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ
४. पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय
५. रमेश लेखक, गृह
६. शरतसिंह भण्डारी, श्रम तथा रोजगार
७. आरजु राणा देउवा, परराष्ट्र
८. नवलकिशोर साह सुडी, महिला बालबालिका
९. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी
१०. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति
११. देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात
१२. तेजुलाल चौधरी, युवा तथा खेलकुद
१३. प्रदीप यादव, खानेपानी
१४. प्रदीप पौडेल, स्वास्थ्य
१५. अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला
१६. बद्री प्रसाद पाण्डे, पर्यटन
१७. रामनाथ अधिकारी, कृषि तथा सहकारी
१८. विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि
१९. मानवीर राई, रक्षा
२०. दीपक खड्का, जलस्रोत तथा ऊर्जा
२१. राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य
२२. ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण