अमेरिका र इरानबीच ओमानमा परमाणु वार्ता, सकारात्मक भएको दाबी

Njn khanal ३० चैत्र २०८१, आइतबार १०:४३ मा प्रकाशित

एजेन्सी,  अमेरिका र इरानबीच सात वर्षपछि परमाणु वार्ता भएको छ।ओमानको मध्यस्थतामा यी दुई देशका प्रतिनिधिबीच ओमानको राजधानी मस्कटमा वार्ता भएको हो।

दुई देशबीच पछिल्लोपटक सन् २०१८ मा उच्चस्तरीय परमाणु वार्ता भएको थियो । पछिल्लो वार्तालाई दुवै देशले रचनात्मक भएको बताएका छन्। वार्तामा अमेरिकी प्रतिनिधि मण्डलको नेतृत्व राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीभ विटकोफ र इरानी प्रतिनिधि मण्डलको नेतृत्व विदेशमन्त्री अब्बास अरागचीले गरेका थिए। अगामी हप्ता यी दुई देशबीच पुनः वार्ता हुनेछ।