सर्लाहीको बलरा नाकाबाट तस्करी मौलायो

HTV Khabar ३० मंगशिर २०८०, शुक्रबार ०३:४७ मा प्रकाशित
सर्लाही, सर्लाहीको बलरा नाकाबाट दैनिक लाखौँको मालसामान खुलेआम नेपालतिर तस्करी भइरहेको छ।


प्रहरीको मिलेमतोमा सर्लाहीमा सीमा वारपार तस्करी फस्टाएको हो। भारतबाट नेपालतिर कपडा, तेल, चिनी, मेसिनरी पार्टस लगायतका सामग्री तस्करी हुने गरेको छ। 


सर्लाहीका तस्करहरु राम ईश्वर यादव, प्रभन्स साह कलावर, नागेन्द्र महतो प्रहरीका इन्चार्जको मिलोमतो रहेको छ। मासिक लाखौँ रुपैयाँ प्रहरीलाई बुझाएर सर्लाहीका तस्करहरुले खुलेआम तस्करी गरिरहेका छन्। बलरा नाकाबाट प्रभन्स साह, हिरालाल साह, रामेश्वर यादव, नागेन्द्र महतोले कपडाको कारोबार गर्ने गरेका छन्।


यसै गरी बलराको उधोरण अर्नाहा नाकाबाट रोशन यादव र ममता बैठाको महिलाको समूहका साथै फेनहारा नाकाबाट सरोज यादव, लखिन्दर यादव, सुरेश यादवले पनि कपडाकै तस्करी गर्ने गरेका छन्।


तस्करहरुले सर्लाहीको बलरा र अर्नाहा नाका भएर तस्करीको माल समान बरहथवा बजारसम्म ओसार पसार गर्दा नेपाल प्रहरीको बलरा, अर्नाहा, गडहिया डुमरिया हरकठवा र इप्रका बरहथवाको एरियामा समेत स्थानीय सुरक्षाकर्मीलाइ मिलाएर तस्करीको माल समान निर्वाध रुपमा ढुवानी गरिरहेका छन्।