काठमाडौं, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) केहीबेरअघि मुस्ताङबाट काठमाडौंका लागि प्रस्थान गरेका छन्।
प्रधानमन्त्री बालेन परिवारका सदस्यसहित शनिवार मुस्ताङ आएका थिए। शनिवार अपराह्न उनले मुक्तिनाथको पूजार्चना गरेका थिए।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम–बेनीमार्गबाट संघीय राजधानीतर्फ प्रस्थान गरेका हुन्।