काठमाडौं, विश्वको सबैभन्दा ठूलो मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनल अन्तर्गत रहेको एम्नेस्टी ईन्टरनेशनल नेपाल बालबालिकाहरुको लागि कार्यरत समुह -८० को २८ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ।
एम्नेस्टी ईन्टरनेशनल नेपालका नेशनल बोर्ड उप-महासचिव होम बहादुर अधिकारी "मनोज" तथा युथ सदस्य गरिमा पाण्डेको उपस्थितिमा समूह -८० का संयोजक जुना खड्काको सभापतित्वमा जोसेफ स्कुलको सभाहलमा सम्पन्न २८औं बार्षिक साधारणसभाले समाजसेवी नवीन वनलाई सर्वसम्मत संयोजकमा निर्वाचित गरेको छ।
सभामा संयोजक जुना खड्का, सचिव प्रदिश खनाल र कोषाध्यक्ष सुमित्रा गौतमले प्रस्तुत गरेको प्रतिवेदन पारित भएको छ।
कार्यक्रममा समूह ८० का पूर्व संयोजक मनोज अधिकारी, दिपक अधिकारी, अमित अधिकारी तथा रीता थपलिया सहित जोसेफ युथ नेटवर्कका संयोजक सुस्मिता भण्डारी, युनाईटेड युथ नेटवर्ककि संयोजक प्रसिदा थापा सहित विभिन्न युथनेटवर्कका पदाधिकारी सहित समूह ८० सदस्यहरुको उपस्थिति रहेको थियो।
नवनिर्वाचित पदाधिकारीहरु :
१. संयोजक- नवराज वन(नवीन)
२. उप-संयोजक-कल्पना थापा
३.महासचिव -दिपक जंग अधिकारी
४.उप-महासचिव -विश्ववल्लभ नेपाल
५. सचिव -छेतेन भोटे
६. कोषध्याक्ष- सुमित्रा गौतम
७. सह-कोषध्याक्ष-अम्बिका के.सि.
सदस्यहरु-
८. सुमित्रा अधिकारी
९. इन्दिरा अधिकारी
१०. जमुना आचार्य
११. सानुकाजी गिरी
१२. कोपिला खतिवडा
१३. कविता वन