काठमाडौं, नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको चुनावका लागि ४ असोजमा उम्मेदवारी मनोनयन दर्ता हुने भएको छ। महासंघको केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिको नयाँ कार्यसमिति चयनका लागि १२ असोजमा मतदान हुने भएको छ।
मतदान बिहान ९ देखि अपरान्ह ४ बजेसम्म हुनेछ। केन्द्रीय समितिका लागि ४ असोजमा, प्रदेश समितिका लागि ८ असोजमा र जिल्ला समितिका लागि १० असोजमा मनोनयन दर्ता हुने शनिवार निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ।
कार्यतालिका अनुसार शनिवार मतदाता नामावली सार्वजनिक हुनेछ। पत्रकार महासंघमा गत वर्षदेखि नेतृत्व चयनका लागि प्रत्येक साधारण सदस्यले मतदान गर्न सक्ने व्यवस्था गरिएको छ।