काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले वडा दसैं २०८० को अवसरमा बुधबार सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टिका जमरा लगाइ दिएकाछन्।
टीका लगाउन ईच्छुक प्रहरी कर्मचारीहरूको लागि दिउँसो १ बजे देखि ४ बजेसम्मको समय तोकिएअनुसार प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित महानुभावहरूलाई प्रहरी महानिरीक्षक कुँवरले टिका तथा जमरा लगाईदिनुका साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गरेका थिए। उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले टीका ग्रहणका लागि उपस्थित महानुभावलाई जमरा र प्रसाद प्रदान गरेकी थिइन्।
टिका तथा प्रसाद ग्रहणका लागि प्रहरी अतिरीक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, पूर्व प्रहरी कर्मचारी, प्रहरी अधिकृत तथा जवानहरू एवम् प्रहरीका परिवारहरू समेतको उपस्थिती रहेको थियो।