काठमाडौं, हामी नेपाली ग्लोबलले ट्रष्टी गठन भएको छ। ग्लोबलका केन्द्रीय अध्यक्ष अमृत लामाको सभापतित्वमा काठमाडौंको लैनचौरस्थित मल्ल होटलमा आयोजित कार्यक्रममा ट्रष्टिको घोषणा गरिएको हो।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय बद्रीप्रसाद पाण्डेले हामी नेपाली ग्लोबलको ट्रष्टिको घोषणा कार्यक्रमको पानसमा दीप प्रज्ववलन गरेर उद्घाटन गरेका थिए। कार्यक्रममा २३ सदस्यीय ट्रष्टि घोषणा गरिएको थियो।
कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै ग्लोबल अध्यक्ष लामाले संस्थालाई बलियो बनाएर लामो समय अगाडि बढाउनका लागि ट्रष्टि गठन गरिएको बताए। कार्यक्रममा सहभागी हुन कोरिया जापान अष्ट्रेलिया युरोप दुबई कलगायतका देशबाट प्रतिनिधिहरु आएको अध्यक्ष लामाले बताए।
राजनीति, धर्म, जाती एवं वर्गबाट स्वतन्त्र यस संस्थाको मूल उद्देश्य संसारमा रहेका सबै नेपालीहरुलाई एकताको सुत्रमा बाँधेर नेपाल र नेपालीको मुहारमा खुशी ल्याउनु रहेको अध्यक्ष लामाले प्रष्ट्याए। केही वर्ष अघिको नेपाल र अहिलेको नेपालको अवस्था देख्दा पीडा भएको पनि उनले दुखेसो पोखो।
अध्यक्ष लामाका अनुसार नेपालमा २०७५ सालमा स्थापना भएको यस संस्थाले कोरोना महामारी भूकम्पलगायतका दैवी विपत्तिमा परेकाहरुको उद्दार र पुनर्स्थापनामा पनि योगदान पुर्याउदै आएको छ।
हामी नेपाली ग्लोबल अहिलेसम्म विश्वभरका ४१ वटा राष्ट्रमा शाखाको रूपमा स्थापना भइसकेको पूर्व अध्यक्ष ईन्दिरा त्रिपाठीले बताइन्। नेपालमा रहेका नेपालीहरुको जीवन स्तर उकास्न शिक्षा, स्वास्थ्य पर्यटन कृषि लगायतका क्षेत्रमा विभिन्न तरिकाले सहयोग पुर्याउने र उनिहरुले उत्पादन गरेको वस्तुलाई विश्व बजारमा पुर्याउन साँघुको रूपमा कार्य गर्ने पनि त्रिपाठीले बताइन्।
विभिन्न ४१ देशमा शाखा रहेको हामी नेपाली ग्लोबललाई उदेश्यअनुरुप सञ्चालन गर्न सहज र सरल बनाउँदै नीतिगत रूपमा बलियो बनाउन ट्रष्टीलाई विभिन्न देशमा रहेका शाखाबाट हुने कामको नियमन नियन्त्रण र कारबाही समेतको अधिकार हुनेछ।