काठमाडौं, होटल स्मार्ट तथा स्मार्ट दरबारको तर्फ बाट रु. ७,७७,७७७ (सात लाख सतहत्तर हजार सात सय सतहत्तर रुपैयाँ) प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा आर्थिक सहयोग प्रदान गरिएको छ।
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी विपत्तिबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि सहयोग स्वोरुप प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा आर्थिक सहयोग प्रदान गरिएको छ।
यस अन्तर्गत होटल स्मार्टको तर्फबाट रु. ५,५५,५५५/- (अक्षरेपी पाँच लाख पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ ) तथा स्मार्ट दरबारको तर्फबाट रु. २,२२,२२२/- (अक्षरेपी दुई लाख बाइस हजार दुई सय बाइस रुपैयाँ ) गरी कुल रु. ७,७७,७७७/- (सात लाख सतहत्तर हजार सात सय सतहत्तर रुपैयाँ) सहयोग प्रदान गरिएको हो।
उक्त सहयोग रकमको चेक स्मार्ट होटलका अध्यक्ष सुरेश कार्कीले बुधवार अर्थमन्त्रीको कार्यकक्षमा स्वयं उपस्थित भई हस्तान्तरण गरेका हुन्।
यस संस्था ले बिगत मा पनि यस्तै प्रकारका बिपत्तिहरुमा सहयोग गरि आफ्नो उत्तरदायित्व पुरा गर्ने गरेको छ।
स्मार्ट ग्रुप अफ हस्पिटालिटीले विपद्को यस दुःखद घडीमा प्रभावित नागरिकहरूप्रति ऐक्यबद्धता जनाउँदै मानवीय सेवा तथा सामाजिक उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेको छ