- गृहपृष्ठ
- शौचालयमा बेहोस अवस्थामा भेटिएका सुवास नेम्वाङको निधन
शौचालयमा बेहोस अवस्थामा भेटिएका सुवास नेम्वाङको निधन
HTV Khabar
२६ भाद्र २०८०, मङ्गलबार ०७:५४ मा प्रकाशित
काठमाडौं, संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका अध्यक्ष सुवास नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए। त्यसपछि परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्याउँदा नै उनको मृत्यु भइसकेको थियो।
सुवास नेम्वाङ बालुवाटारस्थित निवासमा थिए। परिवारका सदस्यहरुका अनुसार अनुसार राति १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिएका थिए। उनलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याउँदा राति १ः५० बजेको थियो। त्रिवि शिक्षण अस्पतालको कागजपत्रमा नेम्वाङलाई १ः५० बजे अस्पताल ल्याइ पुर्याएको उल्लेख छ।
अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले नाडी, मुटुको धडकन र श्वासप्रश्वासको अवस्था चेक गरेका थिए। तर ती कुनै पनि नचलेको पाइएपछि मृत घोषणा गरेका थिए। त्रिवि शिक्षण अस्पताल स्रोतले भन्यो, ‘मेडिकल प्वाइन्टबाट हेर्दा हामीले नाडी चले नचलेको, सास फेरे नफेरेको, मुटु चले नचलेको हेर्छौं। नेम्वाङमा ती केही पनि थिएनन्। त्यो भनेको हस्पिटल आइपुग्नुभन्दा अगाडि नै मृत्यु भएको भन्ने हुन्छ।’स्रोतले भन्यो, ‘यहाँ १ः५० बजे पुर्याउँदा साइन्स अफ लाइफ भन्ने केही पनि थिएन। तै पनि ट्राइ गर्यौं। जुनसुकै बिरामी आए पनि हामी ईसीजी, सीपीआर गर्छौं, मेडिसिन दिएर हेर्छौं। त्यसबाट केही पनि नभएपछि कन्फर्म डेथ भन्ने निष्कर्षमा पुग्यौं।’नेम्वाङको निधनको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष लगायतका शीर्ष नेताहरु अस्पताल पुगेका थिए।
अहिले पनि अस्पतालमा नेता–कार्यकर्ताहरुको भिडभाड छ। नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिने छ।