काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं ११ का अध्यक्ष राजुअधिकारीको नेतृत्वमा स्काउट टोली जाजरकोट प्रस्थान गरेको छ।
उक्त स्काउट टोलीलाई नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उप प्रमुख अनिता लामालगायत प्रतिनिधिहरुले विपदको समयमा सेवा गर्नका लागि आग्रह गर्दै नगरपालिकाले थप सहयोग गर्ने प्रतिबद्धतासहित विदाई गर्दै गरेका हुन्।
बूढानीलकण्ठ स्काउट टोलीमा वडा अध्यक्ष अधिकारी सहित अङ्गुर पौडेल, राजकुमार खड्का, स्वस्तिक कार्की, हिमाल चौलागाई, रोसन श्रेष्ठ, प्रविण घिमिरे र युवराज पन्थी रहेका छन्। टोलीले जाजरकोट भुकम्प पीडित रहेको क्षेत्रमा पुगेर आवश्यक सहयोग गर्नेछ।
