भाटभटेनीद्वारा प्रहरीलाई विपद्जन्य उद्धार सामग्री हस्तान्तरण

HTV Khabar १३ श्रावण २०८२, मङ्गलबार ०७:३५ मा प्रकाशित

काठमाडौं,  भाटभटेनी सुपरमार्केटले विपद्जन्य उद्धारका लागि आवश्यक सामग्री सहयोग गरेको छ।

आज सुपरमार्केट्सका सञ्चालक कल्याण गुरुङ, डा.प्रतीक गुरुङ, कार्यकारी अधिकृत (सीईओ) पानु पौडेलले जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीलाई र्‍याफटिङ बोट, लाइफ ज्योकट, थ्रो ब्यागलगायतका सामग्री हस्तान्तरण गरेका हुन्।

काठमाडौंको नदी किनाराका बस्तीहरुमा बाढी पस्यो र उद्धारको आवश्यकता भयो भने उक्त सामग्री सहयोगी हुने एसएसपी अधिकारीले बताए।