राहत शिक्षक शंखरापुर नगर भेला सम्पन्न, कडा आन्दोलनको तयारी

सबिन पन्त 'पृथक' १४ श्रावण २०८०, आइतबार ०४:३९ मा प्रकाशित

काठमाडौं, नेपाल राहत शिक्षक शंखरापुर नगर समितिको आयोजनामा भएको नगर भेला सम्पन्न भएको छ।

नगर अध्यक्ष मुना अधिकारीको अध्यक्षतामा आयोजित भेलामा प्रमुख अतिथिका रूपमा राहत शिक्षक केन्द्रिय समिति सदस्य निर्मला ढकाल रहेकी थिइन्। बिशेष अतिथिका रूपमा नेपाल राहत शिक्षक काठमाडौं जिल्ला समिति अध्यक्ष सबिन पन्त 'पृथक' रहेको कार्यक्रममा राहत शिक्षक काठमाडौं महानगरका अध्यक्ष तथा पूर्व प्रदेश सचीव शंकरराज न्यौपाने, काठमाडौं जिल्ला सदस्य बासु कार्की,ज्ञान बहादुर लामा र पार्वती चौलागाईं अतिथिका रूपमा उपस्थित रहेका थिए। 

त्यस्तै नगर समितिका उपाध्यक्ष लगायत पदाधिकारीहरु, शंखरापुर नगरभित्रका विभिन्न विद्यालयमा कार्यरत अध्यापन गर्दैआएका विभिन्न तहका राहत शिक्षकको उपस्थिति रहेको नगर भेलाले कार्यसमितिलाई पूर्णता दिएको छ।

भेलामा उपस्थित अतिथिहरुले हाल मस्यौदाको रूपमा रहेको संघीय शिक्षा ऐनको कारण विकसित घटनाक्रमको बारेमा प्रष्ट पारेका थिए। पेशागत हकहितको लागि अबको निष्कर्ष आन्दोलन नै हुनसक्ने भएकोले निर्णायक आन्दोलन गर्नुपर्ने बाध्यतालाई मनन गरि तयारी रहन सुझ्याएका थिए। 

भेलामा सहभागीहरुले आफ्ना पेशागत जिज्ञासा राख्दै केही सुझाव पनि दिएका थिए। राहत शिक्षक समिति पनि विधिवत् रूपमा दर्ता गरि अन्य संघ संगठन जस्तै आत्मनिर्भर हुनुपर्ने कुरामा जोड दिएका थिए। अन्य राजनैतिक दलका झोला बोकेर राहत शिक्षकको मागलाई ओझेलमा नपार्न पनि उनीहरुले माग गरेका थिए।