सुनको मूल्य बढ्यो चाँदीको घट्यो, कतिमा भइरहेको छ कारोबार ?

HTV Khabar ८ पौष २०८०, आइतबार ११:५९ मा प्रकाशित
काठमाडौं, नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० रुपैयाँले बढेको छ।


महासंघका अनुसार आईतवार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।

गत हप्ता शुक्रवार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ। आज चाँदी तोलाको १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।