त्रिभुवन विमानस्थलमा ‘भिजिटर पास’ वितरण बन्द

HTV Khabar २७ श्रावण २०८२, मङ्गलबार ११:०२ मा प्रकाशित

काठमाडौं,  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा वितरण हुँदै आएको ‘भिजिटर पास’ साउन २७ गतेदेखि पूर्ण रूपमा बन्द गरेको छ।

विमानस्थल सुविधादेय समितिको निर्णयअनुसार ड्युटी अफिसमार्फत हुने भिजिटर पास वितरण कार्य अब रोकिएको हो। विमानस्थलले जारी गरेको सूचनामा भिजिटर पास बन्द भए पनि वृद्ध–वृद्धा, शारीरिक रूपमा फरक क्षमता भएका व्यक्ति, गर्भवती महिला तथा नाबालक यात्रुका लागि सहायता कक्षको सुविधा यथावत रहने स्पष्ट गरिएको छ।

यस्तै, व्हिलचेयरसहित विशेष सहयोग आवश्यक पर्ने यात्रुका लागि सम्बन्धित वायुसेवा कम्पनीको समन्वयमा सहजीकरण गरिनेछ।

कार्यालयले यात्रुहरूलाई आफ्नो हवाई टिकटमा उल्लेखित ‘चेक–इन ब्यागेज’ संख्या र अधिकतम तौल सीमा अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ।