काठमाडौं, सुनको मूल्य आज बुधवार थप बढेर नयाँ रेकर्ड बनेको छ। सोमवारदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउँदै बढेको छ।
बुधवार प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि सोमवार प्रतितोला एक लाख १७ हजार ४०० तथा मंगलबार प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बुधवार प्रतिऔंस २०४७ डलर हाराहारीमा पुगेको छ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला १५२० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य २० रुपैयाँ बढेको हो।