हिजोआज बुद्धको विषयमा धमाधम कामहरू हुन थालेका छन् । 'बुद्ध अन्तर्राष्ट्रिय नाटक महोत्सव'को आयोजना डबली थिएटरले गर्यो। यशोधरा आख्यान भर्खरै प्रकाशित भयो। गुरूकुलको 'गच्छामी' नाटक भर्खरै सकियो।
यस्तै सिद्धार्थ गौतमको जीवनी समेटिएको नाटक त्रैविध शिक्षा सदनले मञ्चन गर्यो। त्रैविध थिएटरमा मञ्चन भएको यो साङ्गितीक नाटकमा विद्यालयका करिब एकसय पचास जना विद्यार्थी सहभागी थिए। नाटक 'उज्यालोतिर' मा टंक चौलागाईंको लेखन निर्देशन, सुरज तमुको सह निर्देशन, सौजनको प्रकाशन परिकल्पना तथा सुरेन्द्र क्षेत्रीको वेशभूषा रहेको थियो।
दुई शो मञ्चन गरिएको नाटकमा 'वेस्ट एक्टर मेल' बाट अभिषेक काफ्ले र 'वेस्ट एक्टर फिमेल' बाट किरण राई सम्मानित भएका थिए। विद्यार्थीहरुलाई प्रोत्साहन गर्न र उनिहरुमा भएको कलालाई बाहिर ल्याउन सबैलाई प्रमाणपत्र तथा दुई जनालाई सम्मान गरिएको विद्यालयकी प्रधानाध्यापक सङ्गीता श्रेष्ठले बताईन्।