काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी र लघुवित्तबाट पीडित भएकाहरूको समस्या समाधान गर्न पार्टीको तर्फबाट तयार पारेको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर रास्वपाको टोलीले सुझाव प्रतिवेदन हस्तान्तरण गरेको हो। रास्वापले उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा सहकारी र लघुवित्त पीडितका समस्या समाधानका विषयमा प्रतिवेदन बनाउन समिति गठन गरेको थियो। सोही समितिले पारेको तयार पारेको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको हो।
प्रतिवेदनमा तीनवटा समस्या र पाँच वटा समाधानका उपाय सुझाइएका छन्। सहकारी र लघुवित्तमा भएका कुशासन, नियमनको अभाव र कानुन परिमार्जन नहुँदा समस्या भएको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले यो समस्या समाधानमा आफू प्रतिबद्ध रहेको र त्यसका लागि सबै पक्षको सहयोगको अपेक्षा गरेको बताएका थिए।