काठमाडौं, चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच रुसको कजानमा भेटवार्ता भएको छ। ब्रिक्स सम्मेलनका क्रममा दुई देशका नेताहरुबीच द्वीपक्षीय भेटवार्ता भएको हो। उनीहरुबीच करिव ५० मिनेट कुराकानी भएको बताइएको छ।
चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको तस्वीर एक्समा पोष्ट गर्दै भारतीय प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘‘दुई देशका नागरिकका साथै क्षेत्रीय र विश्व शान्तिका साथै स्थिरताका लागि भारत र चीनको सम्बन्ध महत्वपूर्ण छ। आपसी विश्वास, आदर र संवेदनशीलताले नै दुबै देशको द्वीपक्षीय सम्बन्धको बाटो देखाउने छ।’
भारतीय विदेश मन्त्रालयका अनुसार भेटमा दुबै नेताले एलएसी अर्थात दशगजा क्षेत्रबाट सैनिक हटाउने र २०२० मा सुरु भएको विवाद समाधान गर्ने सहमतिको स्वागत गरेका छन्।