काठमाडौं, गोरखाको पालुङटार नगरपालिका ८ मिलनचोकमा पिङ खेल्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही वडाको लौके भन्ने स्थानकी ३६ वर्षीया कल्पना कोइराला रहेकी प्रहरीले जनाएको छ।
सोमवार साँझ करिब ६ बजे रोटेपिङ खेल्ने क्रममा लडेर उनी घाइते भएकी थिइन्। टाउकोमा चोट लागेर अचेत भएकी उनलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारका लागि गोरखा अस्पताल ल्याइएको थियो।
अस्पताल ल्याएलगतै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक शेखर खड्काले बताए।