मनोदिपक तथा साईक्याट्रीक जस्ता औषधि लागु औषधको रुपमा बिक्रि गरेको पाइएको हुँदा, अबैध काम नगर्न औषधी पसलहरुलाइ मेयर रिसालको निर्देशनसहित सूचना

सबिन पन्त 'पृथक' ३ माघ २०८०, बुधवार ०२:०८ मा प्रकाशित

काठमाडौं, गोकर्णेश्वर नगरपालिका अन्तर्गत रहेका औषधी पसल तथा क्लिनिकहरुबाट चिकित्सकको सिफारिस विना मनोदिपक तथा साइक्याट्रिक औषधीहरु लागु औषधको रुपमा विक्रिवितरण भएको भन्ने सूचना प्राप्त भएकोले नगर प्रमुख दीपक रिसालको निर्देशनसहित सूचना प्रकाशित गरिएको छ।


नगरपालिका भित्र  लागु औषद्य एवं दुर्वेसन नियन्त्रण गर्न अपरिहार्य भएको हुँदा त्यस किसिमका औषधीहरु विक्रवितरण भएको भेटिएमा कानुन बमोजिमको कडा भन्दा कडा कारवाही गरिने र औषधी पसल वा  क्लिनिकलाई शिल गरिने व्यहोरा सूचनामा उल्लेख गरिएको छ। 


साथै नगरपालिका अन्तर्गत संचालनमा रहेका अस्पताल, औषधी पसल, क्लिनिक, वैकल्पिक चिकित्सा र आयुर्वेदिक औषधी पसल नगरपालिका कार्यालयमा सूचिकृत गराई व्यावसाय दर्ता गरी मात्र संचालन गर्न हुन पनि अनुरोध गरिएको छ। अन्यथा नियमानुसार कारवाही गरिने व्यहोरा समेत उल्लेख गरि सुचना प्रकाशित गरिएको छ।