काठमाडौं, काठमाडौं न्यूरोडमा रहेको टिपटप समोसा पसललाई महानगरपालिले दुई लाख रुपैयाँ जरिवाना गरेको छ।
बजार अनुगमनको क्रममा काठमाडौं महानगर-१७ मा रहेको सो समोसा पसलले अखाद्य वस्तु बेचेको पाइएपछि जरिवाना तिराइएको महानगरले जनाएको छ।
पसलले उत्पादन गर्ने दूधबरी बिग्रिएको पाइएकोले अनुगमन टोलीका प्रमुख डा. अवधेशकुमार झाले जानकारी दिए।
पसलमा अखाद्य वस्तु नराख्न, कर्मचारी बोलीबचनमा सुधार गर्न, दूधजन्य वस्तुको तापक्रम कायम राख्न आदेश दिएको उनले बताए।
दूधबरी निर्माण भएकै लटमा बनेको सबै परिकार बजारबाट फिर्ता ल्याएर नष्ट गर्न पसलका सञ्चालक दिपकराज थपलियालाई निर्देशन दिने काम भएको उनले बताए।