रास्वपा सचिवालय बैठक बस्दै, आशिका तामाङलाई स्पष्टीकरण सोध्ने तयारी

HTV Khabar २६ वैशाख २०८३, आइतबार ०९:०३ मा प्रकाशित

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ। 

बैठक आज  साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो। बैठकमा भेला, अधिवेशन विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन तथा जिल्ला समिति विघटन गर्नेबारे छलफल र आवश्यक निर्णय हुनेछ। 

त्यस्तै अनुसन्धानात्मक कारबाही सम्बन्धमा र केन्द्रीय समिति बैठक बोलाउने सम्बन्धमा पनि बैठकमा छलफल हुने कार्यसूची रहेको बताइएको छ। त्यस्तै सांसद आशिका तामाङलाई पार्टीले स्पष्टीकरण सोध्ने तयारी गरेको छ।

सामाजिक सञ्जालमा पार्टीको विषयमा विभिन्न टिकाटिप्पणी गरेपछि उनलाई स्पष्टीकरण सोध्ने तयारी भएको हो।शनिवारदेखि सुरू भएको पार्टीका सांसदहरूलाई संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रमस्थलबारे पनि उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेकी थिइन्।