काठमाडौं, विशेष अदालतले काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
यस्तै विशेष अदालतका सदस्यहरू तेज नारायण सिंह राई, राम बहादुर थापा र रितेन्द्र थापाको इजलासले महानगरका कर्मचारीहरू वसन्त आचार्य र नमराज ढकाललाई ५०–५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
काठमाडौं महानगरको सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध उजुरी गरेको थियो।