प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल

HTV Khabar १८ असार २०८१, सोमबार ०९:५१ मा प्रकाशित

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भइरहेको छ।

उनीहरूबीच केही बेरअघिदेखि कुराकानी भइरहेको प्रधानमन्त्री प्रचण्डको प्रेस सल्लाहकार मनहरि तिमिल्सिनाले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्ड अध्यक्ष ओलीबीच भेटको शृंखला चलिरहेको छ। उनीहरूबीच आईतवार पनि भेटवार्ता भएको थियो।

आईतवारको भेटमा राजदूत नियुक्ति, सरकारको कामलाई कसरी प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो।आजको भेट पनि हिजोकै छलफलको निरन्तरता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।