फेरील्याण्ड डान्स आइडल - २०८० सम्पन्न

सबिन पन्त 'पृथक' २८ माघ २०८०, आइतबार ०८:११ मा प्रकाशित

काठमाडौं, फेरील्याण्ड स्कुलद्वारा आयोजित फेरील्याण्ड डान्स आइडल - २०८० सम्पन्न भएकोछ। विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि प्रत्येक वर्षझैं यस बर्षपनि विद्यालय उक्त प्रतियोगिता आयोजना गरेको हो।


विद्यालयको आफ्नै प्राङ्गणमा माघ २६ गते शुक्रवार आयोजित कार्यक्रममा विभिन्न चरणमा सयौं प्रतियोगी विद्यार्थीहरुबाट छनौट गरि जुनियर, मध्यम र सिनियर तहमा फाइनल चरणमा पुगेका ३० जना विद्यार्थीहरु बीच प्रतिस्पर्धा गराईएको थियो।


नेशनल डाइनामिक आर्ट्स (एनडिए)का निर्देशक, नृत्य निर्देशक एवम मोडल छिरिङ लामा, एनडिएका सचिव तथा नृत्य निर्देशक प्रकाश शर्मा र नृत्य निर्देशक समृद्धि पन्तले फाइनल चरणमा पुगेका विद्यार्थीहरुको  प्रस्तुतीका लागि निर्णायकको भुमिका निर्वाह गरेका थिए।


प्रतिस्पर्धाबाट जुनियर तहमा प्रथम, द्वितीय र तृतीय स्थान क्रमश: बृटिषा राउत, वर्षा गुरुङ र सबनम थापा, मिडियम तहमा प्रथम साक्षी नेपाल, द्वितीय कृष्टी गौतम र तृतिय स्थान कृतिमा गुरुङ र सिनियर तहमा प्रथम स्थान एलिथिया तामाङ, द्वितीय स्थान पुजा नेपाल र तृतिय स्थान सबनम राउतले हासिल गरेको विद्यालयका नृत्य निर्देशक देवराज गुरुङले एचटिभी खबरलाई बताएका छन्।


सम्पुर्ण विजयी विद्यार्थीहरुलाई विद्यालयका निर्देशक द्वय विनोद अधिकारी र राजेन्द्र देवकोटा साथै विद्यालयका इन्चार्जहरुले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए।