काठमाडौं, सामाजिक सञ्जालमा केही दिनदेखि भाइरल भइरहेको भिडियोमा दुई जना मोटरसाइकल चालकलाई कुटपिट गरेको आरोपमा एक कार चालक पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विहीवार कार चालक गणेशबहादुर तामाङलाई पक्राउ गरेको हो। कार्यालयका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका–६, नगरकोटका ४१ वर्षीय तामाङलाई नियन्त्रणमा लिइएको हो।
भाइरल भिडियोमा तामाङले मोटरसाइकल चालकहरूमाथि हातपात गरेको देखिएको थियो। सोही घटनाको अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।